तथ्यांकोवाच : जार र बोतलको माग बढ्ने संकेत

काठमाडौं । नेपालको जनगणना २०७८ को पूर्ण विवरण आएसँगै नेपालको अर्थतन्त्रलाई निर्धारण गर्ने पक्षहरूका आँकडा सार्वजनिक हुन थालेका छन् । यस जनगणनाको हालै सार्वजनिक तथ्यांकअनुसार नेपालमा ६६ लाख ६० हजार ८४१ घरपरिवारको खानेपानीको स्रोत कस्तो रहेछ भन्ने तथ्यांक पनि एक महत्त्वपूर्ण मापकको रूपमा देखापरेको छ । नेपालमा कुल घरपरिवारमध्ये ३४ दशमलव ५९ प्रतिशतले घरमै जोडेका धाराको पानी खाने गरेका छन् । २२ दशमलव ३८ प्रतिशत घरपरिवारले घर बाहिरका धाराको पानी खाने गरेका छन् । यसैगरी २९ दशमलव ७६ प्रतिशतले ह्याण्डपम्पको पानी खाने गरेको पाइन्छ । कुवाको पानी खानेको हिस्सा ३ दशमलव ६६ प्रतिशत छ । मूलको पानी खानेको संख्या ३ दशमलव ९३ प्रतिशत रहेको छ । नदी खोलाको पानी खानेको हिस्सा शून्य दशमलव ३६ प्रतिशत छ । जार र बोतलको पानी खाने घरपरिवारको संख्या ४.६३ प्रतिशत रहेको छ । नगरपालिका र गाउँपालिकामा घरभित्रै जोडिएको धाराको पानी खानेको हिस्सामा खासै फरक देखिएको छैन । नगरपालिकामा यसको यस्तो घर परिवारको हिस्सा ३६ दशमलव ८३ प्रतिशत देखिएको छ भने गाउँपालिकामा यो हिस्सा ३० दशमलव शून्य १ प्रतिशत रहेको छ । नगरपालिकामा घर बाहिर जोडिएको धाराको पानी खानेको हिस्सा १७ दशमलव ४२ प्रतिशत छ । तर यो हिस्सा गाउँपालिकामा भने ३२ दशमलव ५४ प्रतिशत रहेको छ । हिमालमा घरमै जोडिएको धाराको पानी खाने घरपरिवारकोे हिस्सा ३६ दशमलव शून्य ४ प्रतिशत रहेको छ भने यो हिस्सा तराईमा सबैभन्दा कम ( २६ दशमलव शून्य ४ प्रतिशत) रहेको छ । तराईमा खानेपानीको मुख्य स्रोत ह्याण्डपम्प (५८ दशमलव शून्य ९) प्रतिशत रहेको छ । कुनै समय कुवाको पानी मूल स्रोतको रूपपमा रहेको तराईमा सो स्थान ह्याण्डपम्पले लिएको छ । मूलको पानी खानेको संख्या हिमालमा सबैभन्दा बढी अर्थात् १० दशमलव ३७ प्रतिशत रहेको छ भने सबैभन्दा कम तराई प्रदेशमा १ दशमलव ३० प्रतिशत रहेको छ ।  प्रदेशगत रूपमा हेर्दा घरमै जोडिएको धाराको पानी खानेको हिस्सा गण्डकी प्रदेशमा सबैभन्दा बढी ५२ दशमलव ४९ प्रतिशत तथा मधेश प्रदेशमा सबैभन्दा कम १५ दशमलव ३२ प्रतिशत रहेको छ । उक्त तथ्यांंकले नेपालमा घरमै जोडिएको धाराको पानीको माग भविष्यमा बढ्ने र सो हुन नसकेमा जार र बोतलको पानीको माग बढ्ने स्पष्ट संकेत देखिएको छ ।

सम्बन्धित सामग्री

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ खरीद गर्ने अन्तिम दिन आज

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले असार २६ गतेदेखि सर्वसाधारणका लागि विक्रीमा ल्याएको आईपीओ खरीद गर्र्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि असार २९ गतेसम्म मात्र आईपीओ विक्री गर्न लागेको हो ।  असार २८ गतेसम्म कम्पनीको आईपीओ खरीदका लागि ८ लाख ५० हजार ६९१ जना आवेदकहरूबाट ९१ लाख ७८ हजार १२० कित्ता शेयर खरीद माग भएको छ, जुन मागभन्दा करीब ९१ गुणा बढी हो ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि १ लाख १ जार १५१ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीले जारी पूँजी रू. १२ करोड १८ लाख ६७ हजार ५०० को २० प्रतिशत आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरिसकेको कम्पनीले सर्वसाधारणतर्फको १० प्रतिशत शेयरमध्ये पनि वैदेशिक रोजगारीमा रहेका नेपाली र सामूहिक लगानी कोषमा बाँडफाँट गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा भने १ लाख २१ हजार ८६८ कित्ता शेयर बाँडफाँट गरेको हो । प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. १ करोड २१ लाख ८६ हजार ८०० बराबरको १ लाख २१ हजार ८६८ कित्ता सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये १२ हजार १८६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली र ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको हो । यीबाहेक २ हजार ४३७ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्राएनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।  यस कम्पनीले दोलखा जिल्लामा ९९८ किलोवाट क्षमताको सुष्पा बुखरी खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ साल असोज ३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनको कुल लागत रू. २४ करोड ७५ लाख ५७ हजार ३३१  छ भने प्रतिमेगावाट लागत रू. २४ करोड ८० लाख ५३ हजार ४३७ छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ सर्वसाधारणमा आजदेखि विक्रीमा

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । पहिलो चरणका लागि छुट्याईएको सम्पूर्ण कित्ता शेयर बाँडफाँट भइसकेको अवस्थामा दोस्रो चरणको आईपीओ कम्पनीले विक्री गर्न लागेको हो ।  कम्पनीले जारी पूँजी रू. १२ करोड १८ लाख ६७ हजार ५०० को २० प्रतिशत आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरिसकेको कम्पनीले सर्वसाधारणतर्फको १० प्रतिशत शेयरमध्ये पनि वैदेशिक रोजगारीमा रहेका नेपाली र सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा भने १ लाख २१ हजार ८६८ कित्ता शेयर बाँडफाँट गरेको हो ।  प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. १ करोड २१ लाख ८६ हजार ८०० बराबरको १ लाख २१ हजार ८६८ कित्ता सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये १२ हजार १८६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली र ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको हो । २ हजार ४३७ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी १ लाख १ जार १५१ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याइएको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्कासन अवधि छिटोमा असार २९ गतेसम्मका लागि तोकिएको छ । उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन ९ गतेसम्म विक्री अवधि तय गरिएको छ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको आईपीओ पनि छिटो अवधिभित्र विक्रीमा रहने निश्चित छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्राएनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।  यस कम्पनीले दोलखा जिल्लामा ९९८ किलोवाट क्षमताको सुष्पा बुखरी खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ असोज ३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनको कुल लागत रू. २४ करोड ७५ लाख ५७ हजार ३३१ छ भने प्रतिमेगावाट लागत रू. २४ करोड ८० लाख ५३ हजार ४३७ छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

‘जार र बोतलका पानी ढुक्क भएर पिउने अवस्था छैन’

काठमाडौं । बर्खा लागेसँगै काठमाडौं उपत्यकामा झाडापखाला र हैजाको संक्रमण देखा परेको छ । काठमाडौं उपत्यकामा हालसम्म १२ जनामा हैजा रोग पुष्टि भएको छ । उपत्यका विभिन्न १० स्थानका मानिसमा हैजा रोग देखिएको ‘इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले जनाएको छ । पछिल्लो समय पुष्टि भएका झाडापखाला, हैजा संक्रमणको स्रोत के हो ? उपत्यकाका विभिन्न ठाउँठाउँमा हैजाका बिरामी पुष्टि हुनु महामारीको संकेत त होइन ? हैजा फैलन नदिनका लागि सरकारले कस्तो काम गरिरहेको छ ? यस्ता विषयमा रातोपाटीले इपिडिमियो