गुल्मी १ (क) मा एमालेका पाण्डे निर्वाचित

गुल्मी : गुल्मी जिल्ला क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका चिन्तामणि पाण्डे निर्वाचित भएका छन्। पाण्डेले १५,१२७ मत ल्याएर प्रदेशसभामा विजयी भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए।उनका प्रतिस्पर्धी गठबन्धनबाट माओवादीका सुदर्शन बराल १४,२६३ मत ल्याएर पराजित भएका हुन्। पाण्डे ८६४ मतान्तरले विजयी भएका हुन्।पाण्डेसँग पराजित बराल २०६४ सालमा गुल्मी १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। बराल २०७४ सालमा वाम गठबन्धनबाट प्रदेशसभामा निर्वाचित भएका थिए। 

सम्बन्धित सामग्री

गुल्मी–१ : प्रदेशसभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी

गुल्मी, मंसिर १० । गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा चन्द्र भण्डारीसँगै प्रदेशसभा (१) मा नेकपा (एमाले)का चिन्तामणि पाण्डे र प्रदेशसभा (२) मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । यस क्षेत्रमा कूल ६९ हजार छ […]

गुल्मी १(२) बाट कांग्रेसका धनेन्द्र कार्की विजयी

गुल्मी क्षेत्र न १ ९२० बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका नेता धनेन्द्र कार्की  विजयी भएका छन् । उनले एमालेका फर्सुराम पाण्डेलाई ६०५ मतान्तरले पराजित गरेका हुन् ।कार्कीले १८५९६ मत ल्याएर  विजयी भएको  निर्वाचन आयोगले जनाएको छ । उनका प्रतिद्वन्द्वी एमालेका फर्सुराम पाण्डे  १७९९१ मत प्राप्त गरेका छन् । पाण्डेलाई कार्कीले ६०५ मतले जितेका हुन् । गुल्मी १ बाट प्रतिनिधिसभामा कांग्रेस नेता डा चन्द्र भण्डारीसँग एमालेका प्रदीप ज्ञवाली पराजित भएका थिए ।

गुल्मी १ (क) मा एमालेका पाण्डे विजयी

गुल्मी – गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर १ काे प्रदेश सभा (क) मा नेकपा एमालेका चिन्तामणि पाण्डे विजयी हुनुभएकाे छ । उहाँ ८ सय ६४ मतान्तरसहित विजयी हुनुभएकाे हाे ।  पाण्डेले १५ हजार १ सय २७ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुदर्शन बरालले १४ हजार २ सय ६३ मत पाउनुभयाे ।

गुल्मी १ को प्रदेश सभा (ख) मा कांग्रेसका कार्की विजयी

गुल्मी – गुल्मी १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका धनेन्द्र कार्की विजयी हुनुभएको छ । उहाँ १८ हजार ५ सय ९३ मतसहित विजयी हुनुभएको हो । यस्तै नेकपा एमालेका उम्मेदवार फर्सराम पाण्डेले १७ हजार ९ सय ९१ मत प्राप्त गर्नुभयो । उहाँहरुबीचमा ६०५ मतान्तर छ ।

प्रदीप ज्ञवालीलाई पराजित गर्दै गुल्मी- १ बाट चन्द्र भण्डारी विजयी

बुटवल – गुल्मी १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्। शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्। निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी छ।

गुल्मी–१ मा भण्डारी र ज्ञवालीबीच रोचक प्रतिष्पर्धा, भण्डारी ३९८ मतले अगाडि

काठमाडौं, ८ मंसिर । गुल्मी–१ मा प्रतिनिधिसभातर्फ मतगणना जारी छ । सुरुवातदेखि नै कांग्रेसका डा. चन्द्रकान्त भण्डारीले अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार भण्डारीले १४४७३ मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले कडा टक्कर दिएका छन् । ज्ञवालीले १४०७५ मत ल्याएका छन् ।

गुल्मी–१ मा भण्डारी अघिअघि, ज्ञवाली पछिपछि

काठमाडौं, ८ मंसिर । गुल्मी क्षेत्र नं. १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारीले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार भण्डारीले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका प्रदीप ज्ञवालीलाई ८१२ मतान्तरले पछि पार्दै अग्रता लिएका हुन् । भण्डारीले १३ हजार ३०२ मत प्राप्त गर्दा एमालेका ज्ञवालीले १२ हजार ४९० मत पाएका छन् ।

गुल्मी–१ मा प्रदीप ज्ञवाली पछि परे, चन्द्र भण्डारी अघि लागे (कसको कति मत ?)

काठमाडौं, ७ मंसिर । गुल्मी–१ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीले अग्रता लिएका छन् । उनले एमालेका उम्मेदवार प्रदीप ज्ञवालीलाई सुरुवाती अग्रतामा उछिनेका हुन् । भण्डारी ज्ञवालीभन्दा ४३ मतले अगाडि छन् । भण्डारीले २५६० मत ल्याएका छन्। ज्ञवालीले २५१७ मत ल्याएका छन्। यो क्षेत्रमा भण्डारी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

गुल्मी – १ : प्रदीप ज्ञवालीको सुरुवाती अग्रता

बुटवल – गुल्मी १ मा बुधबार दिउँसोदेखि सुरु भएको मतगणनामा एमालेका प्रदीप ज्ञवालीले प्रारम्भिक अग्रता हासिल गरेका छन् । ५७७ मतका साथ उनी अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका चन्द्र भण्डारी ५०७ मत ल्याएर पछ्याइरहेका छन् । राप्रपा उम्मेदवारले ७६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १६ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभातर्फ कालिगण्डकी गाउँपालिका १ अन्तर्गत हर्मीचौरबाट […]

गुल्मी-१ मा एमालेबाट प्रदीप ज्ञवाली सर्वसम्मत सिफारिस

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी- १ बाट उम्मेदवारका लागि सिफारिस भएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनमा एमालेकाे तर्फबाट गुल्मी-१ बाट ज्ञवाली सर्वसम्मत रुपमा सिफारिस भएका हुन्। यस्तै, गुल्मी- २ बाट भने सचिव गोकर्ण विष्टसहित तीनजनाको नाम सिफारिस भएको पार्टी निकट स्राेतले जानकारी दिएकाे छ। स्राेतका अनुसार […]