काठमाण्डाै - अमेरिकी सहायता परियोजना एमसीसी मातहतको आयोजनाका लागि जग्गा लिने प्रक्रिया सुरु भएको छ । एमसीसी अन्तर्गत मिलिनियम च्यालेञ्ज अकाउन्ट नेपाल विकास समिति एमसीएले आज सूचना निकालेर धादिङ, पाल्पा र तनहुँमा जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु गरेको जानकारी गराएको हो ।
एसीसएले निकालेको सूचनामा तीन दिनपछि प्राविधिक टोली जग्गा भएको ठाउँमा पुग्ने र टोलीले तीन वटै जिल्लाका विभिन्न पालिकामा आयोजनाका लागि आवश्यक पर्ने जग्गाको नाप जाँच गर्ने, सर्वेक्षण गर्न, साँध छुट्याउन, किला गाड्ने काम सुरु गर्ने उल्ल...