नेपालीका प्रमुख १० रोजगार गन्तव्य

काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा श्रमस्वीकृति लिएर (नयाँ र पुन:सहित) ७ लाख ७४ हजार ९ सय ७६ नेपाली विभिन्न देशमा गए । रोजगारीको लागि संस्थागत रूपमा विश्वका १११ देश तथा व्यक्तिगत रूपमा १७८ देशमा नेपाली पुगेको पाइए पनि अधिकांश खाडी मुलुक र मलेशिया जाने गरेका छन् । गत आव २०७९/८० मा श्रमस्वीकृति लिएर नेपाली पुगेका १० प्रमुख रोजगार गन्तव्य यस प्रकार छन् :

सम्बन्धित सामग्री

फेरि आयो पाँच सय केयरगिभरको माग

काठमाडौं– नेपालीका लागि लोकप्रिय बन्दै आएको गन्तव्य मुलुक इजरायलले पाँच सय केयरगिभर पठाउन सरकारलाई अनुरोध गरेको छ । यो यसअघि गएका ११ सयबाहेकको माग हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार इजरायलले दोस्रो चरणमा थप पाँच सय कामदार पठाउन अनुरोध गर्दै पत्र पठाएको हो । ‘इजरायलबाट माग आएपछि जाने कामदारको […]

वैदेशिक रोजगारीमा खाडीको भर :  विकसित देश चर्चामा सीमित

काठमाडौं : पछिल्लो समय सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित सुरक्षित बनाउने भन्दै नयाँ नयाँ श्रम गन्तव्य मुलुकको खोजी गर्ने घोषणा गर्‍याे। तर, नेपाली युवा वैदेशिक रोजगारीमा जान थालेको तीन दशक बितिसक्दा पनि खाडी मुलुककै भर पर्नुपर्ने अवस्था छ।वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित बनाउन सरकार/मन्त्री फेरिएसँगै पहिलो पटक बोलिने भाषणमा प्राय बोल्ने गरिन्छ। पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले नेपालीका लागि श्रम गन्तव्य मुलुकको खोजी गरिने बताएका थिए। नेपा

‘मलेसियामा रोजगारीको आकर्षण बढ्दै, कतार र साउदीबाट भने माग केही घट्यो’

काठमाण्डौ – खाडीका देश र मलेसिया नेपालीहरुको प्रमुख श्रम गन्तव्य देश हुन् ।  तर कोरोना महामारीले यी देशको अर्थतन्त्रलाई पनि असर गर्दा केही समय नेपालीको रोजगारी पनि प्रभावित भयो । कोरोना महामारीको असर कम भएसँगै यी देशबाट नेपालीका लागि रोजगारीको अवसर पनि आइरहेको छ । तर कोरोना महामारी कम भएको पहिलो ६ महिना गन्तव्य देशहरुले त्यति धेरै विदेशी श्रमिक लिएनन् । पछिल्लो समय भने मलेसिया तथा खाडीका देशबाट राम्रै माग आइरहेको छ । खाडी र मलेसियामा रोजगारीको अवसरबारे बुझ्न हामीले नेपाल वैदेशिक रोजगार व्यवसायी स...

श्रमिक पुन: एकीकरण : चार मन्त्री फेरिँदा पनि स्वीकृत भएन कार्यविधि

काठमाडौं : कोरोना महामारीका कारण वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई लक्षित गरी सरकारले तयार गरेको योजना अलपत्र परेको छ। वैदेशिक रोजगार बोर्डका निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार बोर्डले करिब एक वर्षअघि कार्यविधि तयार पारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पठाएको थियो। तर‚ मन्त्रालयले त्यसलाई स्वीकृत नगर्दा योजना अलपत्र परेको हो।२०७६ चैतमा नेपाललगायत नेपालीका श्रम गन्तव्य मुलुकमा कोरोना भाइरसले महामारीको रुप लिएपछि रोजगारीका लागि विदेशमा रहेका नेपालीहरूमध्ये कतिपयलाई सरकारले

वैदेशिक रोजगारी : मंसिरमा उडे ७४ हजार

काठमाडौं :  नुवाकोटका ३८ बर्से अशोक तामाङ रोजगारीको खोजीमा कतार जाने तयारीमा छन्।श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभागमा आएका तामाङलाई विदेश जानु पर्दा नरमाइलो लागेको छैन। यसअघि पनि रोजगारीको शिलशिलामा ३ वर्ष साउदी अरब बसेर आएका तामाङलाई फेरि जानु पर्दा पहिला झैं नरमाइलो लागेको छैन।विश्वभरि फैलिएको कोरोना महामारीको असरबाट नेपालीका  प्रमुख श्रम गन्तव्य मुलुकहरू पनि अछुतो रहन सकेनन्। साउदीको होटलमा काम गर्दै आएका तामाङ कोरोनाले विदेशी भूमिमै मरिने डरले

गति लिँदै वैदेशिक रोजगार

कोरोनाले डेढ वर्षदेखि थलिएको वैदेशिक रोजगारी बिस्तारै गति लिन थालेको छ । नेपालीका श्रम गन्तव्य देशमा खुला हुन थालेसँगै वैदेशिक रोजगारीले गति लिन थालेको हो । वैदेशिक रोजगार विभागका अनुसार भदौमा मात्रै ३६ हजार ४० जना नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । जसमा एक हजार ८२२ महिला र ३४ हजार २१८ जना पुरुष गरी ३६ हजार ४० जनाले विदेश जान श्रम स्वीकृति लिएका हुन् । गत साउनमा २५ हजार ४२८ जना श्रम स्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ ।

श्रम गन्तव्य मुलुकबाट प्रतिबन्ध खुकुलो

काठमाडौं । कोरोना महामारीलाई प्रमुख कारण देखाउँदै नेपालका प्रमुख श्रम मुलुकहरूले लगाएको प्रतिबन्ध विस्तारै खुकुलो गर्न थालेका छन् । यसकारण महामारी शुरू भएयता नै प्रभावित बनेको वैदेशिक रोजगारी तंग्रिनेमा आशा बढेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई लगाएको यात्रा प्रतिबन्ध सोमवारदेखि खुला गरेको छ । रोयटर्सका अनुसार नेपालसहित १५ मुलुकलाई लगाइएको यात्रा प्रतिबन्धमा खुला गरिएको हो । विश्व स्वास्थ्य संगठनले मान्यता दिएका कोभिड–१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएका नेपाली नागरिकले यूएई प्रवेश पाउनेछन् । यसअघि कोरोनाको डेल्टा प्रजाति पैmलिएको बताउँदै नेपाललगायत मुलुकलाई रोक लगाइएको थियो । महामारीको कारण रोकिएको दुबईको अन्तरराष्ट्रिय प्रदर्शनी मेला अक्टोबर १ देखि शुुरू हुँदै छ । उक्त मेलालाई दृष्टिगत गरी यात्रामा खुला गरिएको यूएईको विदेश मन्त्रालयले बताएको छ । अधिकारीहरूले मेला अगाडि लगाइएको यात्रा प्रतिबन्ध खुलाउने बताउँदै आएका थिए । खुला गरिएका मुलुकहरूमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भियतनाम, नामिबिया, जाम्बिया, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, युगान्डा, सियरा लियोन, दक्षिण अफ्रिका, नाइजेरिया र अफगानिस्तान छन् । तर, पीसीआर परीक्षणको प्रमाणपत्र भने देखाउनुपर्नेछ । वैदेशिक रोजगार व्यवसायी संघका अनुसार नेपालीहरूका लागि आकर्षक मानिएको दुबईसहित कुवेत, मलेशियाले महामारीयता नेपालबाट कामदार नै लिएका थिएनन् । ती देशले नेपाललाई जोखिमको सूचीमा राखी कामदार नलिँदा करीब २ वर्षदेखि नेपालीहरू रोजगारीका लागि ती मुलुक जान सकेका थिएनन् । साउदी अरब (यूएई) ले आफ्नो देशको भिसा नियमलाई खुकुलो बनाएको छ । कोभिड प्रोटोकललाई कडाइका साथ लागू गर्दै यूएई सरकारले प्रतिबन्धलाई खुकुलो गरेको हो । उसले विभिन्न ५० ओटा नयाँ योजनाअन्तर्गत भिसासम्बन्धी नयाँ व्यवस्था ल्याएको छ । यूएईले ल्याएको यो व्यवस्थाले भिसा प्रक्रियालाई सहज र थप प्रभावकारी बनाउने छ । यूएईले प्रदान गर्ने गोल्डेन भिसावाहक आप्रवासीले राष्ट्रिय प्रायोजकविनै त्यहाँ बस्न, काम गर्न तथा अध्ययन गर्न पाउनेछन् । नयाँ नियमअनुसार गोल्डेन भिसाका लागि म्यानेजर, सीईओ, वैज्ञानिक, इन्जिनीयर, स्वास्थ्य शिक्षा व्यापार, प्रविधिसँग सम्बद्ध व्यक्तिहरूले आवेदन दिन सक्छन् । यसबाहेक दीर्घकालीन निवास प्राप्त गर्न अत्यधिक कुशल र विशेष बासिन्दा, लगानीकर्ता, उद्यमी, वैज्ञानिक, अग्रणी विद्यार्थी र स्नातकहरूका लागि पनि यो भिसा सहज बनाइएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । यूएई सरकारले यसअघि व्यावसायिक यात्राको लागि दिने गरेको ३ महीनाको अवधिलाई लम्ब्याएर ६ महीना बनाएको छ । यूएईमा रहेका आप्रवासीले आप्mनो परिवारका सदस्यहरूलाई भिसा स्पोन्सर गर्न पनि सक्नेछन । नयाँ व्यवस्थाअनुसार अब यूएईमा कारणवश जागिर गुमेको खण्डमा वा भिसाको म्याद सकिएको अवस्थामा पहिले १ महीनासम्म मात्र यूएईमा बस्न पाइन्थ्यो । तर, अब ३ महीनासम्म बस्न सकिनेछ । नेपालीका लागि आकर्षक मानिएको गन्तव्य मुलुक कुवेतले केही समयपछि भिसा खुला गर्ने तयारी गरेको छ । कुवेतले करिब आधा वर्षको अन्तरालमा भिसा खुला गर्न लागेको हो । कुवेतको आन्तरिक मन्त्रालयका अनुसार कुवेतले पारिवारिक, व्यापारिक र यात्रा प्रयोजनका लागि भिजिट भिसा जारी गर्दै आएको र पहिला भिजिट भिसा खुल्ला गर्ने र त्यसलगत्तै सबैका लागि खुला गर्दै छ । कुवेतमा निर्माण सल्लाहकार, इन्जिनीयर, प्राविधिक र शिक्षकहरूको माग अत्यधिक बढेको छ । यसैबीच, वैदेशिक रोजगार विभागले इजरायल जान इच्छुक युवाहरूको भाषा परीक्षा सम्पन्न गरेको छ । विभागले तोकेको काठमाडौंका १६ परीक्षा केन्द्रमा परीक्षा शान्तिपूर्ण र अनुशासित रूपमा सम्पन्न भएको वैदेशिक रोजगार विभागले बताएको छ । इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । यसमध्ये ७ हजार ९ जनाले प्रवेशपत्र पाएका थिए । प्रवेशपत्र प्राप्त गरेका ३ हजार ७२७ पुरुष र ३ हजार २८२ जना महिलामध्ये सोमवारको परीक्षामा ६९२ जना पर्रीक्षाथी अनुपस्थित भए । विभागका निर्देशक कमल ज्ञवालीले परीक्षाको नतिजा २ देखि ५ दिनभित्रमा प्रकाशन गरेर १० देखी १२ दिनभित्र अन्तर्वार्ता लिइनेछ । असोज दोस्रो हप्तासम्म योग्यता पुगेका १ हजार ४ सय कामदारको सूची तयार गरी इजरायल पठाउन त्यहाँको सरकारलाई सूची उपलब्ध गराउने तयारी छ ।

सर्त पूरा गर्दा पनि काेरियाले कामदार लैजान मानेन

काठमाडौ : नेपालीका लागि आकर्षक श्रम गन्तव्य दक्षिण कोरिया रोजगारमा अन्योल देखिएको छ। नेपाली श्रमिक लैजान कोरिया सरकारले राखेका सर्त पूरा भइसक्दा पनि उसले श्रमिक लैजान नमानेको वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले जनाएको छ। काेरियाले कोभिड बिमा, सिधा उडान र होटल क्वारेन्टाइनमा बस्नुपर्ने सर्त राखेको थियो। विश्वभर फैलिएको कोराना भाइरस (कोभिड १९) महामारीका कारण १७ महिनादेखि यो क्षेत्र अन्योलमा छ। कोरियाले नेपाललाई ’एल्लो’ जोनमा राखेको छ। 'ग्रीन&

श्रम गन्तव्य देशबाट आउन थाल्यो श्रमिकको माग

कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थालेको छ । त्यसै आधारमा नेपाल सरकारले श्रम स्वीकृति खुला गरेसँगै नेपालीका श्रम गन्तव्य देशका रोजगारदाता कम्पनीले १० देखि २० प्रतिशतसम्म नेपाली श्रमिकको माग आउने जनाएको छ । यता वैदेशिक रोजगार व्यवसायी कम्पनी (म्यानपावर)हरूले भने माग यसअघि नै आइसकेकाले सुरक्षित रूपमा विदेश पठाउन सक्नु अहिलेको चुनौती भएको बताउँदै आएका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नेपालका सबै श्रम गन्तव्य मुलुक कोभिड–१९ बाट प्रभावित भएकाले भर्खर ठूलो सङ्ख्यामा माग आउने सम्भावना नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि आउने मागमा १० देखि २० प्रतिशतसम्म माग आउँछ कि भन्ने आशा हो । त्यो पनि पूर्ण रूपमा आश्वस्त हुने अवस्था छैन । श्रम गन्तव्य मुलुकको आर्थिक अवस्था कमजोर भएको छ । ”

जापानले पनि दक्षिण कोरियाले जस्तै सरकारमार्फत् कामदार लैजाने :: Pahilopost.com

काठमाडौं : जापानले पनि दक्षिण कोरियाले जस्तै सरकारमार्फत् नेपालबाट कामदार लैजान प्रस्ताव गरेको छ। विभिन्न क्षेत्रमा कामदार अभाव भोगेपछि नेपालबाट कामदार लैजाने प्रकृया अघि जापानले बढाएको हो। जापान नेपालीका लागि आकर्षक रोजगार गन्तव्य हो। जापानमा नेपालीले मासिक तीन लाख रुपैयाँसम्म सहजै कमाउन सक्छन्।   जापानले सात वर्षअघि प्रशिक्षार्थी कामदार लैजाने