वर्ल्ड रेमिटबाट खल्तीमा पैसा प्राप्त गर्दा २०० बोनस

काठमाडौं । अनलाइन पेमेन्ट सेवाप्रदायक कम्पनी खल्ती डिजिटल वालेटले वर्ल्ड रेमिटबाट पैसा पठाउँदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ । उक्त सुविधा अन्तर्गत पठाइएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले २०० बोनस तुरुन्तै पाउनेछन् । वर्ल्ड रेमिटसँगको यस सहकार्यले चौविसै घण्टा ७० भन्दा बढी राष्ट्रहरूबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहे जति रकम सजिलै पैसा प्राप्त गर्न सम्भव बनाएको छ । प्राप्त गर्ने व्यक्तिले खल्ती आइडी बनाई केवाइसी भेरिफाई भने गराएको हुनुपर्ने खल्