सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ जान कति ?

काठमाण्डाै - सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक गाडीकाे भाडा घटाएको छ । नेपाल आयल निगमले शनिवार डिजल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि यात्रुवाहक र मालवाहक  गाडीको भाडादर कम गरिएको हो ।  यसअघि पटकपटक पेट्रोलियम पदार्थको भाडा बढ्दा भाडादर बढेको थियो । यातायात व्यवस्था विभागले यात्रुवाहक गाडीमा यसअघि कायम भाडादरभन्दा ५ दशमलव ४१ प्रतिशत भाडा कम गरेको छ । अहिले डिजल प्रतिलिटर २९ र पेट्रोल प्रतिलिटर २० रुपैयाँ कम भएकाले त्यसैका आधारमा भाडादर घटाउने निर्णय भएको विभागले जनाएको छ ।&nb...