प्रधानमन्त्रीद्वारा जसपाका तीन मन्त्री फेरबदल

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गरेकी छन् । जसपाको सिफारिसमा तीन जना मन्त्री हटाएर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । पार्टीभित्र विवाद चुलिएर फुटको संघारमा पुगेपछि जसपाले मन्त्री बदलेको हो ।