भारतले केही दिनअघि अग्नि–५ क्षेप्यास्त्र परीक्षण गरेपछि चीनले लगातार प्रतिक्रिया दिइरहेको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले भारतको क्षेप्यास्त्र परीक्षणका विषयमा केही दिनयता लेखिरहेको छ । कतिपय समाचारमा चीनको विनाशकारी क्षेप्यास्त्र र त्यसको दायराका विषयमा चर्चा गरिएको छ ।
भारतको अग्नि–५ क्षेप्यास्त्रको दायरा पाँच हजार किलोमिटर छ । यसले आणविक र परम्परागत दुवैथरी हतियार बोक्न सक्छ ।
उता चीनको डीएफ–१७ क्षेप्यास्त्रको दायरा १२ हजारदेखि १५ हजार किलोमिटरसम्म छ । यसलाई बेइजिङबाट प्रहार गर...