गल्छी–रसुवागढी सडकमा ३३ मिटर अग्लो फ्लाइओभर बन्ने

गल्छी–रसुवागढी सडक खण्ड अन्तर्गत पर्ने त्रिशूली थ्री ए र त्रिशूली थ्री बीको पावरहाउस क्षेत्रमा उक्त फ्लाइओभर निर्माण गर्न लागिएको हो। यस क्षेत्रमा सडक निर्माणको लागि पर्याप्त स्थान नभएका कारण फ्लाइओभर निर्माण गर्न लागिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ।