एमालेको एकता पक्षमा लाग्न माधव नेपालको अपिल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई एमाले एकतामा लाग्न अपिल गरेका छन्। नेपालका प्रथम कम्युनिष्ट प्रधामन्त्री मनमोहन अधिकारीको २२औँ स्मृति दिवसमा श्रद्धाञ्जली दिँदै नेता नेपालले अहिले कम्युनिष्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताका पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई अपिल गरेका हुन्।उनले भनेका छन्‚ ‘मनमोहन स्मृति दिवसका अवसरमा उहाँले राष्ट्रिय स्वाधीनता, कम्युनिष्ट एकता र देश