नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठनमार्फत निरन्तर जागरुक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने प्रा. मोहन सिटौलालाई समर्पण गर्ने निर्णय गरेको छ । ताम्रपत्रका साथ यस पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको छ । यसैगरी नइ प्रकाशनले समालोचना, कविता, निबन्ध, नाटक, अनुवाद आदि सिर्जनाद्वारा नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण य