सोलुखुम्बुमा शव वाहन नहुँदा नागरिकलाई सास्ती

साेलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा शव वाहन गाडी नहुँदा समस्या भएको छ । आठ पालिका तह रहेको जिल्लामा एउटा पनि शव बोक्ने गाडी नहुँदा नागरिकलाई समस्या भएको हो । शव वाहन नहुँदा विशेष गरी गाउँ/गाउँबाट जिल्लासम्म पोष्टमार्टम गर्न ल्याउनुपर्ने शवहरु तथा संस्कार अनुसार गाउँघरमा लैजानुपर्ने शवहरुका लागि निक्कै समस्या हुने गरेको सोलुखुम्बु केरुङकी डोमा तामाङको भनाइ छ । शव बोक्नकै लागि यहाँका नागरिक चर्को भाडा तिर्न बाध्य छन् तर सुविधा न्यून छ, भनेको समयमा निजी गाडी पाइँदैन ।  जसका कारण...