प्रदेश नं ३ को वार्षिक स्वास्थ्य कार्यक्रमको समीक्षा गोष्ठी सम्पन्न

काठमाडौं- प्रदेश नं ३ को प्रदेशस्तरीय वार्षिक स्वास्थ्य कार्यक्रम समीक्षा तथा योजना तर्जुमा गोष्ठी हेटौँडामा सम्पन्न भएको छ। पहिले हरेक विकास क्षेत्रमा क्षेत्रीय स्तरमा गोष्ठी हुन्थ्यो भने देश संघीयतामा गएपछि सातै प्रदेशमा प्रदेशस्तरीय गोष्ठी बनाउने उद्देश्यले प्रदेश ३ ले यो कार्यक्रम गरेको हो।  यसअघि यस्तो गोष्ठी प्रदेश नं&n...

सम्बन्धित सामग्री

कार्य सम्पादनका आधारमा जिल्ला अस्पताल अछाम प्रदेशकै पहिलो

स्वास्थ्यका कार्यक्रमहरुको सुदूरपश्चिम प्रदेश स्तरीय वार्षिक समीक्षा धनगढीमा सम्पन्न भएको छ। स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको कार्यक्रममा २०७९÷८० मा सम्पादित स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षा गरिएको थियो।

बेनीमा आयुर्वेद सेवासम्बन्धी कार्यक्रमको समीक्षा गोष्ठी

म्याग्दी । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा आयुर्वेद सेवासम्बन्धी समन्वयात्मक गोष्ठी सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७९/०८० मा आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत सञ्चालित वार्षिक कार्यक्रमहरूको विषयमा समीक्षा गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले आयुर्वेदका औषधीहरूको खुलेआम बिक्री वितरण भइरहेकाले यसलाई रोक्न सबै लाग्नुपर्ने […]

स्वास्थ्य मन्त्रालयको राष्ट्रिय संयुक्त वार्षिक समीक्षा बैठक आजदेखि सुरू

काठमाडौं :स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा राष्ट्रिय संयुक्त वार्षिक समीक्षा २०७८/०७९ आज देखि सुरू भएको छ ।भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्रको सभाहलमा सुरू भएको वार्षिक समिक्षा भोलिसम्म चल्ने छ। वार्षिक समिक्षाको स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले उद्घाटन गपरेका छन। वार्षिक रुपमा हुने यो समिक्षा बैठकमा मन्त्रालय, स्वास्थ्य विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा महाशाखा, सबै स्वास्थ्य विज्ञान प्रतिष्ठान,सबै संघीय अस्पतालहरुले एक व

वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न

सर्लाहीको गोडैता नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।स्वास्थ्य सूचांकहरूमा सबैभन्दा बढी अंक ल्याउने स्वास्थ्य चौकीका प्रमुखलाई नगरप्रमुख देवेन्द्रकुमार यादवले प्रशंसा पत्रसहित सम्मान गरेका थिए । बर्थिंग सेन्टर भएका स्वास्थ्य चौकीका हकमा ५० र नभएका हकमा ४० अंकमा स्वास्थ्य सूचकको मापन गरिएको थियो । बर्थिङ सेन्टर भएका स्वास्थ्य चौकीमा सिसौटिया […]

२७ ओटा परियोजनाको कुल लागत ३ अर्ब २७ करोड डलर पुग्यो

काठमाडौं । विश्व बैंकको सहयोगमा सञ्चालित २७ ओटा परियोजनाहरूको प्रगति समीक्षा गरिएको छ । सरकार र विश्व बैंकका प्रतिनिधिहरू सम्मिलित बैठकले आयोजनाहरूको वार्षिक प्रगति (एनुअल रिभ्यु अफ पोर्टफोलियो पर्फमेन्स) बारे गरेको समीक्षाअनुसार यी परियोजनाहरूको कुल लागत ३ अर्ब २७ करोड अमेरिकी डलर पुगेको छ । विश्व बैंकका अनुसार अहिले सञ्चालित परियोजनाहरू खासगरी ऊर्जा, यातायात, पुनर्निर्माण, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, वातावरण, शहरी विकास, खानेपानी र सिँचाइ, कृषि र पशुपालन तथा सार्वजनिक वित्त व्यवस्थापनका क्षेत्रमा केन्द्रित छन् । समीक्षा बैठकमा खासगरी विश्व बैंक सहयोगका परियोजना कार्यान्वयन गरिरहेका मन्त्रालयहरूबाट समस्या समाधान हुन नसकेका विषयहरूमा चर्चा गरिएको छ भने परियोजना कार्यान्वयनमा कोभिड–१९ को प्रभावका सम्बन्धमा पनि बैठकमा छलफल भएको छ । परियोजना कार्यान्वयनका चुनौतीहरू स्थानीय र प्रदेश तहमा परियोजना व्यवस्थापन, कर्मचारीहरूको बारम्बार सरुवा, ठेक्का प्रक्रियामा ढिलाइ, जलवायु तथा वातावरणीय र स्थानीय समाजका सुरक्षाका विषयहरू र भुक्तानी प्रक्रियामा ढिलाइका सम्बन्धमा छलफल भएको छ । अर्थसचिव मधुकुमार मरासिनीको अध्यक्षतामा बसेको बैठकमा विश्व बैंकका मालदिभ्स, नेपाल तथा श्रीलंका निर्देशक फरिस हदाद जेर्भाेस, अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल सहभागी थिए । सरकारी आयोजनाहरूप्रति आम सर्वसाधारणको दृष्टिकोणबारे चर्चा गर्दै मन्त्री शर्माले परियोजनाहरू समयमा गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिए । नागरिक सहभागिता बढाउँदै परियोजनालाई वैज्ञानिक र आधुनिक परियोजना विकासका औजारहरूको प्रयोगमार्पmत सम्पन्न गर्न उनले सुझाव दिएका थिए । उनले निरन्तरको सहयोगका लागि विश्व बैंकलाई धन्यवाद पनि दिएका थिए । अर्थ सचिव मधुकुमार मरासिनीले संयुक्त ढंगले उचित समन्वयमार्फत कार्यान्वयनका समस्या समाधान गर्न आग्रह गरे । परियोजनाको वार्षिक समीक्षा, कार्यान्वयनका चुनौती र यसलाई संयुक्त रूपमा सम्बोधन गर्ने उपायहरूमा केन्द्रित भएको थियो । कोभिड–१९ महामारी हुँदाहुँदै आयोजनाहरूमा भौतिक प्रगति गर्न सरकारका तर्फबाट अधिकतम प्रयासको अपेक्षा दातृ निकायले राखेको विश्व बैंकका नेपाल निर्देशक जार्भाेसको भनाइ छ । उनका अनुसार योजना कार्यान्वयनका चरणमा देखिएका समस्या पहिचान गर्न र समाधान गर्नका महामारीले पर्याप्त समय पनि दिएको छ । केही महत्त्वपूर्ण नीतिगत विषयको पुनरवलोकन र कार्यान्वयनका बाधा फुकाउन सरकारी पक्षले भूमिका खेल्नुपर्छ । ‘कोभिड–१९ महामारीले नेपालमा विकास निर्माणका काम प्रभावित भएका छन्, यद्यपि हामी महामारी हुँदैहुँदै पनि परियोजना कार्यान्वयनलाई सशक्तीकरण गर्ने सरकारको दृढताबाट उत्साही भएका छौं,’ विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भाेसले भने, ‘महामारीले परियोजना कार्यान्वयन र पूँजीगत खर्च वृद्धिको नयाँ पहलका खोज्न बाध्य पारेको छ, समयमा परियोजना कार्यान्वयनमार्फत आम नेपालीलाई लाभ पुर्‍याउन सकिन्छ ।’ विश्व बैंक सहयोगको प्रगति समीक्षा बैंठकमा विभिन्न मन्त्रालयका सचिव, सहसचिव, महानिर्देशकहरू, राष्ट्रिय योजना आयोग, महालेखा नियन्त्रक र विश्व बैंकका तर्पmबाट सम्बद्ध परियोजनाका प्रतिनिधि टोली सहभागी थिए ।

संघीयता कार्यान्वनयमा स्वास्थ्य क्षेत्र अगाडि

काठमाडौँ: राजधानीमा शुक्रबार सुरु भएको स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा हालसम्म निर्वाचन सम्पन्न भएका स्थानीय तहहरूमा स्वाथ्यका कर्मचारी पुगिसकेको पाइएको स्वास्थ्य सेवा विभागका उपनिर्देशक चूडामणि भण्डारीले बताएका छन्। स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेका ठाउँमा नयाँ व्यवस्थाअनुसार स्थानीय तह...