बजेट बनाउने सिष्टम डरलाग्दो रहेछ : अर्थमन्त्री

असोज २, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले  बजेट बनाउने सिष्टम डरलाग्दो किसिमको रहेको पाएको बताएका छन् । नेपाल चार्टर्ड अकाउन्टेन्स संस्थाका नव निर्वाचित पदाधिकारीहरुको सपथग्रहण समारोहमा मन्त्री शर्माले देशलाई कति सडक चाहिने हो ? कुन सडक कति लेनको हुनुपर्ने हो, यसमा  कुनै मानक पालना नगरिकन जो आयो त्यसले आफ्नै मनमौजी तरिकाले सडकमा बजेट हाल्ने गरेको आफूले पाएको बताए  । प्रस्तुत छ, सपथग्रहण समारोहमा अर्थमन्त्री शर्माद्वारा व्यक्त विचारको सम्पादित अंश : प्रतिस्थापन विधेयक  मैले अहिले खासै नयाँ बजेट बनाएको पनि होइन । तीन प्रतिशतभन्दा कम बजेट चलाएको हो । कसैको केही घटाइदिएको पनि छैन । राजस्वको लक्ष्य बढाएर केही कार्यक्रम सांकेतिक रुपले थपेको हो । अध्यादेश बजेट खासै चलाइएको छैन । तैपनि केही न केही सम्बोधन गरौं भनेर हेर्दा, हाम्रो बजेट बनाउने सिष्टम डरलाग्दो भेटियो, योजना बनाउने प्रचलन हेर्दा कहालीलाग्दो अवस्था पाँए । देशलाई कति सडक चाहिने हो ? कुन सडक कति लेनको हुनुपर्ने हो ? यसको कुनै मानक पालना भएको पाइएन । जो आयो त्यसले आफ्नै मनमौजी तरिकाले सडकको बजेट हाल्ने गरेको पाइयो । सबै मन्त्रालयका सचिवहरुलााई बोलाएर मैले सोधें पूँजीगत बजेट किन खर्च भएन ? सचिवहरुले भन्नुभयो कि चाहिने ठाँउमा बजेट छैन, नचाहिने ठाँउमा हालेको बजेट कसरी खर्च गर्ने ? यस्तो रहेछ बजेटको अवस्था ।  हामीलाई राष्ट्रिय, अन्तरराष्ट्रिय लगानीको खाँचो छ । खर्च र लगानीका नयाँ क्षेत्रहरु पनि छन् । त्यो अनुसारको प्रणाली पनि आवश्यक छ । हामीलाई रोजगारी सृजना गर्नुछ । यसको लागि उद्योग धन्दा खोल्नु महत्वपूर्ण छ । तर त्यसको पक्षमा मैले केही नयाँ निर्णय गर्दा कतिपयलाई घाटा पर्ने भएछ । मैले निर्णय गर्दा कसलाई घाटा भयो कसलाई नाफा भयो भनेर हिसाव किताव गरेको होइन । मैले त देशलाई फाइदा हुने निर्णय गरेको हो ।  अरुले हाम्रो देश बनाउन दिएनन् भन्थे त्यो कुरा सत्य होइन रहेनछ । हामी आफैले नबनाएको रहेछ । तर म त्यो प्रचलन तोड्नेछु । स्वदेशमै उद्योग धन्दा खुल्ने वातावरण बनाउँछु । यसको लागि पनि इमान्दारिता नै प्रमुख कुरा हुँदो रहेछ । भित्रैदेखिको इमान्दारिता चाहिनेरहेछ । देश बनाउने इमान्दारिता । इमान्दार छैन भने बाहिरबाट उठेका प्रश्नहरुको सामना गर्न सकिँदैन । मसँग त्यो आँट छ । म हरेक प्रश्नहरुको सामना गर्न तयार छु किनकि मैले इमान्दारितापूर्वक देश बनाउने कुरा गरेको छु ।  अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा ल्याउन खोज्यो भने पनि हाम्रै संयन्त्रले मान्दो रहेनछ । वातावरण सहज बनाउनुको सट्टा ढोका बन्द गर्ने चलन हाम्रै संयन्त्रभित्र रहेछ । औपचारिक बाटोमा आउनको लागि त प्रक्रिया सरल बनाइदिनुपर्‍यो नि । ढोका खोलिदिनुपर्‍यो नि त । तर बन्द यहाँ त ढोका बन्द गर्ने परिपाटी रहेछ । अप्ठेरो बनाइदिने रहेछ नीति र ऐन कानून बनाइनेरहेछ । नीति, नियम, कानुन सरल बनाइदियो भने धेरै कुरा अगाडि बढ्ने मैले देखेको छु । चाँडै नै देशको विकास हुने मैले देखेको छु । त्यो आँट म गर्दैछु ।  श्रम सहकारीलाई १० करोडको काम : सहकारी संस्थाहरु निश्चित कानून अनुसार दर्ता भएका हुन्छन् । यो अविछिन्न संस्थाको रुपमा रहिरहन्छन् । श्रम सहकारीहरु जसले श्रमिकहरुलाई संगठति गरोस् । श्रमिकहरुलाई सीप विकास तालिम देओस् । तर उपभोक्ता समितिको निरन्तरता कहाँ छ त ? एउटा कामको लागि बन्यो, काम सकिएपछि भंग भयो । यस्तो हुन्छ उपभोक्ता समिति । संस्थागत स्मरणहरु केही हुँदैनन् । त्यसैले मैले यसलाई बदल्न खोजेको हो । निर्माणको काम कार्यकर्तालाई दिन खोज्यो भनेर प्रचारि गरिएको छ । तर वास्तवमा कुरा त्यसो होइन । कार्यकर्तालाई बाँड्ने काम त बरु उपभोक्ता समितिहरुले गरेका होलान । मैले यसलाई तोड्न खोजेको हो । श्रम सहकारीमार्फत काम गर्दा त्यस्तो हुँदैन । १० करोड भनेको हिजो उपभाोक्ता समितिलाई १ करोड दिएजस्तै हो आजको मूल्यमा अनुपात मिलाएर हेर्दा । मैले अघि सारेको यो कार्यक्रम उपभोक्ता समितिलाई सिधै रकम हस्तान्तरण गरेजस्तो होइन । श्रम सहकारीहरुबिच आपसी प्रतिस्पर्धा गरेर, दर रेट निर्धारण गरेर सामुहिक रुपमा काम गर्ने अवधारणा हो । निश्चित दर रेट निर्धारण भइसकेपछि प्रतिस्पर्धामा भाग लिने सबैले काम गर्न पाउने व्यवस्था गर्न खोजिएको हो । यसमा कसैको हारजित हुँदैन । सबैले काम पाउनेछन् । सवै मिलेर काम गर्नुपर्नेछ । । १० हजार राहतको कुरा : कोभिड १९ कारण रोजगारी गुमाएका अति विपन्न जनतालाई संकटको बेला राज्यले सम्झेको मात्र हो । मापदण्ड बनाएर केही थोरै दिन खोजेको मात्र हो । राज्यले पहिलो पटक गरिबलाई सम्झेको हो ।सरकारको ढुकुटीमा रहेको जनताको अलिकति पैसा राहत कार्यक्रममार्फत बजारमा परिचालन गर्ने उपाय पनि हो । यसले अर्थतन्त्रलाई चलायमान बनाउने काम पनि गर्नेछ । गरिबले पाएको त्यो पैसा घरमा थन्काएर त पक्कै पनि राख्दैन । त्यो पैसा बजारमा पुग्छ । पैंसा परिचालन हुन्छ । तर एकथरिलाई अर्कै चिन्ता छ । तर हामीले जनताको पैसा जनतालाई नै दिन खोजेको हो । यस्ता केही कुरामा अलिकति बल गरिएन भने अघि बढ्न सकिँदैन । हामी हाम्रा हातखुट्टा आफै बाँध्नेरहेछौं, हाम्रो विकास हामी आफै रोक्दारहेछौं । यो स्थिति तोड्न खोजेको हो । तपाई अडिटरहरुले पनि यो कुरालाई ध्यान दिनुपर्नेछ । तपाई हामी सवैले आ–आफ्नो ठाँउबाट मेहेनत गर्नुप¥यो । देशलाई समृद्ध बनाउन हामी सवैले प्रतिवद्धता गर्नुपर्‍यो । यसो गरियो भने पक्कै केही सुधार हुन्छ । देश विकासको बाटोतिर अघि बढ्छ ।    देशको समग्र सम्पत्तिको मूल्याङ्कन : मैले केही समय अघि देशको समग्र सम्पत्तिको मूल्याङ्कन गर्ने कुरा उठाएको थिँए । यस अभियानबाट म पछि हटेको छैन । समग्र मूल्याङ्कन गरियो भने के नतिजा आउँछ त ? यो देशको समग्र वार्षिक ट्रान्जेक्शन कति हो त ? औपचारिक ट्रान्जेक्शनको तथ्याङ्क त आउला तर अनौपचारिक क्षेत्रको कति हो ? पुरा हिसाव के छ नेपालको ? यो पत्ता लगाउने विचार छ । यो कसरी गर्न सकिन्छ ? त्यो आइडिया तपाई अडिटरहरुले निकाल्नु पर्‍यो । मलाई त यो गर्नुपर्छ भन्ने मात्र थाहा छ तर कसरी गर्ने भन्नेको ज्ञान तपाइसँग छ । यस कार्यमा पनि तपाईहरुले सहयोग गर्नुपर्‍यो । मैले यो कुरा गर्दा कतिपयहरु झस्किएछन कि अब यसले व्यक्तिगत सम्पत्ति खोजविन गर्ने कुरा गर्‍यो भनेर । तर मैले त्यसो भन्न खोजेको हैन । मैले त समग्र देशको सम्पत्ति मूल्याङ्कन गर्न चाहेको हो । 

सम्बन्धित सामग्री

सन्तुलित बजेट ल्याउँछौँ: अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले सन्तुलित ढङ्गले आगामी आर्थिक वर्षको बजेट ल्याइने बताएका छन्।

यस्तो देखियो अर्थमन्त्री महतको बजेट भाषण (तस्वीरहरु)

काठमाडौँ- अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक बर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका छन् । संघीय संसद भवन, बानेश्वरमा जारी संघीय संसदको बैठकमा अर्थमन्त्री महतले बजेट प्रस्तुत गरेका हुन् । प्रत्येक जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुसार उनले बजेट प्रस्तुत गरेका हुन् ।

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

बजेट निर्माणमा सर्वाधिक विवादमा आएका अर्थमन्त्री जनार्दन शर्माको पुँजीगत (विकास) बजेट खर्चको उपलब्धि पनि कमजोर देखिएको छ।...

बजेट सन्तुलित र संयमित : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा अनुशासन र संयमता अपनाएको दाबी गरेका छन् । शुक्रबार बजेटमाथिको छलफलमा संसद्हरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले निर्वाचनलाई प्रभाव पार्ने गरी बजेट...

यो चुनावी बजेट होइन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट चुनावी बजेट हुँदै नभएको जिकिर गरेका छन् । विपक्षीहरुले तथा राम्रो कामको कदर गर्न नसक्नेहरुले चुनावी बजेट भनेर प्रचार गरेपनि बजेट चुनावी नभएर अहिलेको वास्तविकता सम्बोधन गर्ने खालको भएको शर्माले बताए । ‘कृषि उत्पादनलाई प्राथमिकता दिने कुरा, कृषकको पेन्सनको व्यवस्था गर्ने कुरा कसरी चुनावी हुनसक्छ रु’ प्रतिप्रश्न गर्दै अर्थमन्त्री शर्माले भने, ‘यो अहिलेको आवश्यकता होइन रु’ यस्तै, उद्योग, कलकारखानाको विकास, रोजगारीको सिर्जना, गरिब,

अर्थमन्त्री शर्माद्वारा बजेट वाचन सुरु

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले उनलाई बजेट प्रस्तुत गर्न अनुमति दिएका थिए । अर्थमन्त्रीले राजनीतिक परिवर्तनका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै अर्थमन्त्री शर्माले बजेट वाचन गर्न सुरु गरेका हुन् ।

अर्थमन्त्री शर्माले बजेट वाचन गर्दै

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सुरु गरेका छन्।...

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्मा

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य सुरु गरेका छन्। अहिले अर्थमन्त्री शर्माले आमागी आर्थिक वर्ष २०७९/८० का लागि संसदमा बजेट प्रस्तुत गरिरहेका छन्।

हामी बजेट कार्यान्वयन गरेर देखाउँछौँ: अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनका लागि आएको बताएका छन्। अर्थमन्त्री पौडेलले भने, ‘बजेटको विषयमा धेरै प्रतिक्रिया सकारात्मक आएका छन्। यसले मलाई उत्साहित बनाएको छ । कतिपयले कार्यान्वयन हुन नसक्ने भनेर भनेको पनि सुनेको छु। यो विषयमा म प्रष्ट भन्न चाहन्छु बजेट सुनाउनका लागि होइन कार्यान्वयनका लागि ल्याइएको हो।’ पौडेलले बजेट कार्यान्वयन गरेर देखाउनेसमेत […]

दोस्रोपटक बजेट ल्याउँदै अर्थमन्त्री पौडेल

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भोलि जेठ १५ गते आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछन्। तेस्रोपटक अर्थमन्त्री बनेका पौडेलले दोस्रो पटक बजेट ल्याउन लागेका हुन्। यसअघि उनले आर्थिक वर्ष २०७३/७४ को जेठ १५ मा पहिलो बजेट ल्याएका थिए। यद्यपि,उनको दोस्रो बजेट भाषण भने अध्यादेशमार्फत आउँदैछ।