एमसीसी एक्सप्रेस : अघि बढे देउवा, अल्मिलिए प्रचण्ड - माधव !

सत्तासीन नेपाली काँग्रेस अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गर्न अघि बढेको छ । काँग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठकमार्फत एमसीसी कुनै हालतमा टेबल गर्ने निर्णय लिएको हो । काँग्रेसको यस्तो निर्णयसँगै अब नेकपा माओवादी केन्द्रलाई सरकारमा बसिराख्न अप्ठ्यारो परेको छ ।प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो दुई साता सत्ता गठबन्धन र पार्टीलाई एमसीसी केन्द्रित बनाएका छन् । गठबन्धन नै टुटे पनि एमसीसी संसदमा टेबल गर्ने र पास ग