राष्ट्रिय बहसको विषय बनेको अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे पुस १७ गते सकारात्मक समाधान आउने सत्ता गठबन्धनका नेता प्रचण्डले बताएका छन् । तर, एमालेले संसद अवरुद्ध पारिरहे एमसीसी प्रकरण अझै केही समय पछि धकेलिने उनले बताएका छन् । सत्तारुढ गठबन्धनका नेता एवं माओवादीका अध्यक्ष प्रचण्डले तीन सदस्यीय कार्यदलको बैठक पुस १७ गते बस्ने र त्यसले सकारात्मक समाधान निकाल्ने आशा व्यक्त गरेका हुन् ।राजधानीमा शनिबार पत्रकारसँगको अन्तरक्रियामा प्रचण्डले भने, ‘फेरि एकचोटि सबै डकुम