प्रधानमन्त्री देउवाद्धारा चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर वृद्धि हुने दाबी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर वृद्धि हुने बताएका छन् ।  देशवासीको नाममा शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विद्युत् उत्पादनमा भएको वृद्धि, आर्थिक एवम् सामाजिक क्रियाकलापमा भएको सुधार, निर्यातमा भएको बढोत्तरी, उच्च कर्जा प्रवाह र आयातमा भएको बढोत्तरीले आर्थिक वृद्धिदर गत वर्षको भन्दा वृद्धि हुने अनुमान रहेको बताएका हुन् । […]