अर्थमन्त्रीको बाझिएको तर्कशास्त्र र अर्थशास्त्र

२६ मंसिर, काठमाडौं । अर्थशास्त्र नजानेको भनेर आफ्नो आलोचना गर्नेहरुमाथि लक्षित गर्दै अर्थमन्त्री जनार्दन शर्माले बुधबार एक कार्यक्रममा चर्को स्वरले भने, ‘म अर्थशास्त्र जानेको मान्छे होइन, तर देशलाई आत्मनिर्भर बनाउन कुन उपाय अपनाउनपर्छ भन्ने मलाइ थाहा छ ।’ शर्माले सार्वजनिक मञ्चहरुबाट दिएका अभिव्यक्ति र सुनाएका योजनालाई लिएर पूर्वअर्थमन्त्रीदेखि अर्थविदसम्मले अर्थमन्त्रीको अर्थशास्त्रीय ज्ञान, दृष्टिकोण र कार्यशैलीमाथि […]

सम्बन्धित सामग्री

अर्थशास्त्रलाई उपेक्षा, अर्थशास्त्रबाट अपेक्षा

अर्थतन्त्रलाई बुझ्ने, खोज–अनुसन्धानबाट समस्या पहिचान गर्ने, समाधानका उपाय पत्ता लगाउने तथा अल्पकालीन एवम् दीर्घकालीन नीति निर्माणमा योग्य बन्न अर्थशास्त्र विषयको ज्ञान हुनु जरुरी हुन्छ । यही कारणले गर्दा नीतिगत तहमा अर्थशास्त्रीहरू आवश्यक हुने गरेको हो । विगतमा अर्थमन्त्री, अर्थसचिव, योजना आयोगका अध्यक्ष तथा गभर्नरका लागि अर्थशास्त्रको विज्ञ मानिसको खोजी हुने गरे पनि पछिल्लो समय राजनीतिक […]

अर्थमन्त्री र गभर्नरबीचको मतभेद छताछुल्ल, राष्ट्र बैंकमाथि आरोपको चाङ !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारी बीचको मतभेद छताछुल्ल भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘अर्थशास्त्र र वित्त सम्बन्धी राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै अर्थमन्त्री शर्माले दिएको अभिव्यक्तिले गभर्नर र अर्थमन्त्रीबीच गम्भीर मतभेद रहेको छर्लङ्ग भएको हो । अर्थमन्त्री शर्माले राष्ट्र बैंकमथि गम्भीर आक्षेप लगाएका छन् ।...

एमसिसी फर्काए नेपालको अर्थतन्त्र संकटमा पर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व-अर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसिसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउन सक्ने बताएका छन्।शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरुको खोजी’ विषयक अन्तरक्रियामा बोल्दै उपाध्यक्ष पाण्डेले नेपालले एमसिसी अस्वीकार गर्दा आर्थिक संकट आइपर्न सक्ने बताएका हुन्।एमसिसी सम्झौतालाई नेपालले अस्वीकार गर्दा अमेरिका रिसाएको खण्डमा आर्थिक

एमसीसी अस्वीकार गरे नेपालमा आर्थिक सङ्कट आउन सक्छ : सुरेन्द्र पाण्डे

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालमा आर्थिक सङ्कट आउन सक्ने बताएका छन् । आज (शुक्रबार) त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्त्रका नयाँ चुनौती र समाधानका उपायहरूको खोजी’ विषयक अन्तरक्रियामा उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् । एमसीसी सम्झौतालाई नेपालले अस्वीकार गर्दा अमेरिका रिसाएको खण्डमा आर्थिक […]

अर्थतन्त्र ‘कोल्याप्स’ हुने खतरामा, ५ महिनामै ‘हावादारी’ कहलिए अर्थमन्त्री

अर्थतन्त्र गम्भिर अवस्थामा पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदको अर्थ समितिमा शुक्रबार ७० करोड डलर ऋण लिने तयारी भईरहेको जानकारी गराउनुले नै अर्थतन्त्र कमजोर अवस्थामा पुगेको पुष्टि गरेको छ । तर, उनै अर्थमन्त्री शर्मा ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने र मासिक १० प्रतिशत विकास खर्च गर्ने दाबीका साथ निरन्तर प्रस्तुत भईरहेका छन् । यद्यपी, आर्थिक वर्ष ५ महिना बितिसक्दा पनि विकास बजेट ६.२२ प्रतिशत मात्रै खर्च भएको छ । अध्ययन बिना नै निर्देशनअर्थमन्त्री शर्माले विभिन्न मितिमा विभिन्न खालका निर्देशन दिँदै आएका छन् । तर, अपवाद बाहेकका निर्देशन उनले बिना अध्ययन दिने गरेको अर्थ मन्त्रालय मातहतका निकायका अधिकारीहरु नै बताउँछन् ।मन्त्री भएपछि २०७८ साउन २८ गते मन्त्री शर्माले आन्तरिक राजस्व विभागको ब्रिफिङ लिए । त्यतिबेला उनले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना मागे । तर, करको दायरा बढाउने ठाउँ कतै नभेटेपछि विभागले अर्थमन्त्रीको उक्त निर्देशन बुझाउन सकेन ।त्यसपछि पुनः भदौ ३० गते आन्तरिक राजस्व विभागको कार्यक्रममा अर्थमन्त्रीले यसबारे सम्झाए । तर, हालसम्म पनि विभागले आन्तरिक राजस्व दोब्बर बनाउने कुनै ठाउँ भेटेन र मन्त्रीको निर्देशन अनुसार कार्ययोजना बुझाउन सकेन । ‘अर्थमन्त्रीले अध्ययन कम, निर्देशन ज्यादा दिन थाल्नुभयो’ विभागका एक अधिकारीले भने, ‘दर बढाउँदा पब्लिकलाई मार पर्छ, यसले महँगी बढाउँछ । दायरा बढाउन ठाउँ छैन । अनि कहाँबाट ल्याउनु राजस्व डबल पार्ने योजना ?’मासिक १० प्रतिशत बजेट खर्चको हावादारी तर्कमन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षको बजेट ल्याएपछि ‘पोष्ट बजेट छलफल’मा मासिक १० प्रतिशत विकास बजेट खर्च गर्ने भनिदिए । भदौ २७ गतेको कार्यक्रममा मन्त्री शर्माले मासिक १० प्रतिशत बजेट खर्च गर्ने र बजेट खर्च भए नभएको अनुगमन गर्न डिजिटल प्रविधिको प्रयोग गर्ने भनेर बोलिदिए ।मन्त्रीको यो भाषण सुनेपछि मन्त्रालयका अधिकारीहरु मात्रै होइन, विज्ञ र पूर्वअर्थमन्त्रीहरु नै चकित परे । तर, आजको मितिसम्म आईपुग्दा जम्मा ६.२२ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ । यो मासिक १.२४ प्रतिशत मात्रै हो ।यसअघिःदलदलमा अर्थतन्त्र, ७० करोड डलर ऋण लिँदै अर्थमन्त्रीकार्तिक २३ गते तातोपानी भन्सार कार्यालय पुगेका उनले त्यहाँ पुगेर त झन २०० गुणा बढी राजस्व उठाउने आफ्नो लक्ष्य रहेको भनेर ‘प्वाक्क’ बोलिदिए । त्यसपछि पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मिडियामै ‘अर्थमन्त्रीलाई कति भएपछि गुणा हुन्छ भन्ने नै थाहा रहेनछ’ भनेर टिप्पणी गरे ।त्यसपछि बेला बेलामा अर्थमन्त्री शर्माले पाण्डेप्रति लक्षित गर्दै अर्थशास्त्र नजानेको भनेर आलोचना गर्नेलाई काम गरेर देखाईदिने भन्दै आएका छन् । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको ४५औँ साधारणसभामा पनि उनले आफूलाई अर्थतन्त्र नबुझेको अर्थमन्त्री भनेर आलोचना भईरहेको भन्दै आफूलाई अर्थशास्त्र जान्न जरुरी नै नभएको तर्क गरिदिए ।पछिल्लो समय सेयर बजारमा निरन्तर भारी गिरावट आईरहेको छ । यसतर्फ अर्थमन्त्री सकारात्मक देखिएका छैनन् । उनकै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेयर बजारमा लगानी गर्नु भनेको साम्राज्यवादको विकसित रुप भएको भन्दै यसलाई निस्तेज पार्नुपर्ने भनिदिए । अहिले लगानीकर्ताहरुले पूँजीबजार विरोधीलाई ‘नो भोट’ अभियान नै चलाएका छन् ।यी केही प्रतिनिधिमूलक घटनाले अर्थमन्त्री शर्मालाई ५ महिनामै असफल मन्त्रीको रुपमा देखाईसकेको अर्थविद्हरु बताउँछन् ।

देशको बजेट प्रणाली समस्याग्रस्त अवस्थामा छ : अर्थमन्त्री शर्मा

काठमाडौं (अस) । अर्थमन्त्री जनार्दन शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्था रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधवार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी एवं अर्थचित्र विमोचन तथा आर्थिक पत्रकार सम्मान कार्यक्रम’मा अर्थमन्त्री शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेकाले कोभिडपछिको पुनरुत्थानमा निजीक्षेत्रले खोजेजस्तो सहुलियत दिन नसकिएको बताए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक पत्रकारहरूको क्रियाशील संस्था नाफिजले मुलुकको गतिविधिलाई सबै क्षेत्रबाट सकारात्मक तरिकाले सम्प्रेषण गर्न सहयोग गरेको बताए । अझै आर्थिक क्षेत्रमा गहन अध्ययन गरी उत्पादनशील क्षेत्रको प्रवद्र्धनमा जोड दिनुपर्ने उनको भनाइ थियो । नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले सरकार निजीक्षेत्र जस्तो सबल बन्न नसकेको भन्दै आर्थिक क्षेत्रमा समृद्धिका लागि साझेदारीका साथ अघि बढ्नपर्ने बताए । त्रिभुवन विश्वविद्यालयका केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख डा. शिवराज अधिकारीले पत्रकार सरकारको ‘वाचडग’को रूपमा रहने भएकाले नीति नियमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडका कारण आर्थिक क्षेत्रमा चुनौती सृजना भएको औंल्याए । अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले सरकारले सामाजिक सुरक्षामा समेत ध्यान दिई राहत समेत प्रदान गरेको बताए । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा रहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा क्रमिक रूपमा सुधार भइरहेको बताए । आर्थिक अभियानका सम्पादकीय निर्देशक गौतम सम्मानित यसैबीच, सोही कार्यक्रममा आर्थिक अभियान दैनिकका सम्पादकीय निर्देशक केशव गौतम सम्मानित भएका छन् । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले गौतमलाई सम्मान गरेका हुन् । विगत २ दशकदेखि आर्थिक पत्रकारिताको क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप गौतमलाई सम्मान गरिएको हो । सो अवसरमा पत्रकार गौतमले आर्थिक पत्रकारले आर्थिक क्षेत्रमा खोजी गरी रिपोर्टिङ गर्नुपर्नेमा जोड दिए ।

विकासका मोडलमा नै त्रुटी : अर्थमन्त्री

काठमाडौं, (नेस)। अर्थमन्त्री जनार्दन शर्माले नेपालमा विकास नहुनुमा कर्मचारीतन्त्र वा राजनीतिज्ञहरुको मात्र दोष नभएर हालसम्म बनाइएका विकासका मोडलमा नै त्रुटी रहेको औंल्याउनुभएको छ । मंगलबार नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हामी कहाँ कुन क्षेत्रको विकास कति र कहिले गर्ने भन्ने योजना यकिन नभइकन बजेट […]

कोभिड- १९ को  दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

वैशाख २२, काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड- १९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन् ।   एशियाली विकास बैंकको ५४ औं वार्षिक बैठकको अवसरमा बुधवार आयोजित भर्चुअल बैठकमा अर्थमन्त्री पौडेलले समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको बताउँदै अर्थतन्त्रको उत्थानशिलता कायम गर्दै परिस्थितिलाई हरसम्भव वशमा राख्ने प्रयत्न हुँदा पनि निकट अवधिका आर्थिक परिदृश्य चुनौतीपुर्ण नै रहेको धारणा राखे ।  दक्षिण एशियाली सहयोग संगठन (सार्क) का अर्थमन्त्रीहरुको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले आशातित रुपमा आर्थिक पुनरुत्थान प्रक्रियाको पाटोमा अगाडि बढिरहेका बेला कोभिड - १९ को  दोस्रो लहरबाट निक्कै ठूलो धक्का पुर्‍याएको  तथा  पर्यटन, अन्य सेवाहरु र उत्पादन क्षेत्रमा गम्भिर असर पुगेको बताए।  ‘कोभिड-१९ को बिस्तारित प्रभाव व्यक्तिको आम्दानी तथा रोजगारीमा ब्यापक कटौती, व्यवसायमा ह्रास र मागमा आएको शिथिलतामा प्रतिविम्बित भएको देखिन्छ’, उनले भने,  ‘यसैगरी समावेशी वद्धि, मानव विकास र गरिबी निवारणका हाम्रा प्रयासहरुमा चुनौती थपिदिएको छ। गरिब एवं जोखिम समूह बढि प्रभावित भएको देखिदा यसले असमानताको खाडललाई अझ फराकिलो बनाउँदै लाने जोखिम हामी समक्ष अझै विद्यमान छ।’  कोभिड- १९ को महामारीले स्वास्थ, शिक्षा र मानव जीवनका समृद्धिका समग्रपक्षलाई निरन्तर प्रताडित बनाइरहेको उल्लेख गर्दै उनले जीवन र जनजीविकालाई बचाउन विश्वव्यापी एकेबद्धता, सामूहिक प्रयत्न र सहयोग अपरिहार्य भएको बताए।  अन्तरसम्बन्धित वर्तमान विश्वका सबै ठाउँका सबै व्यक्ति सुरक्षित भएको सुनिश्चित गर्नु आवश्यक भएको धारणा राख्दै अर्थमन्त्री पौडेलले जनस्वास्थमा आएको यस्तो संकटपूर्ण समयमा जीवन बचाउने खोपलाई विश्वकै अत्यावश्यक साझा बस्तुको रुपमा लिइने विश्वास व्यक्त गरे ।  उनले खोपको आपूर्तिमा सबै देशले सहजरुपमा पहुँच कायम गर्न सक्ने र खरीद गर्न सक्ने अवस्था सुनिश्चित गर्न अपरिहार्य भएको पनि बताए।  कोभिड- १९ विरूद्धको खोपको उत्पादन र आपूर्तिका लागि भारत सरकारप्रति आभार प्रकट गर्दै अर्थमन्त्री पौडेलले त्यसले सार्क क्षेत्रभित्र खोप अभियान शिघ्ररुपमा सञ्चालन गर्ने प्रयासलाई सम्भव बनाएको धारणा व्यक्त गरे।  आर्थिक पुनरुत्थानको गतिलाई दीगो बनाउनको लागि साझा उद्देश्य र लक्ष्यसहित एकसाथ भएर हामी सबैले काम गर्नु पर्ने समय आएको भन्दै अर्थमन्त्री पौडेलले रोजगारी सृजना र स्वदेशी उत्पादनमा अधिकरुपमा केन्द्रित भई आर्थिक क्रियाकलापहरु विगतको भन्दा राम्रो निर्माणका लागि आवश्यक सहजीकरण गर्न आवश्यक नीति तथा रणनीति एकसाथ तय गर्नुपर्ने बताए ।  सार्क क्षेत्रले बजार र अर्थतन्त्रबीचको गहिरो अन्तरआवद्धताको माध्यमबाट क्षेत्रीय सम्वृद्धि हासिल गर्न सक्ने थुप्रै सम्भावना बोकेको भन्दै अर्थमन्त्री पौडेलले छोटो समयमा नै आर्थिक पुनरुत्थान गर्न सक्नेमा आशावादी रहेको पनि बताए ।  अर्थमन्त्री पौडेलले कोभिड- १९ महामारीको सामना गर्न तथा आर्थिक प्रबर्द्धन लगायतमा विकासोन्मुख सदस्य देशहरुलाई वित्तीय तथा प्राविधिक सहयोग उपलव्ध गराएकोमा एशियाली विकास बैकलाई धन्यवाद दिएका थिए । बैठकलाई अफगानिस्तानका अर्थमन्त्री मोहम्मद खालिद पाइन्दा, बंगलादेशका अर्थ मन्त्रालयका अतिरिक्त सचिव मोहम्द खैरुजामन मोजुम्दर, भुटानका अर्थशास्त्र मामिलाका महानिर्देशक लेकजाङ दोर्जी, भारतका आर्थिक मामिला विभागका सचिव अजय सेठ, मालदिभ्सका अर्थमन्त्री इब्राहिम अमिरले सम्बोधन गरेका थिए । यस्तै पाकिस्तानका वित्त विभागका अतिरिक्त अर्थसचिव अविस मन्जुर सुम्राज्य, श्रीलंकका मुद्रा तथा पूँजीबजार र सार्वजनिक संस्थान सुधारका राज्यमन्त्री अजित निभर्त काब्राल, एशियाली विकास बैंकका उपाध्यक्ष सिसिन छनले सम्बोधन गरेका थिए ।  सार्कका महासचिव इसाला रुवान वीराकुन र एशियाली विकास बैंकका आर्थिक अनुसन्धान तथा क्षेत्रीय सहयोग विभागका प्रमुख अर्थशास्त्री यासुकी सावदाले कोभिड- १९ बाट आर्थिक पुनरुत्थान स् समावेशी तथा उत्थाशिल आर्थिक वृद्धि विषयमा छुट्टा- छुट्टै प्रस्तुति गरेका थिए।   अर्थमन्त्री एवं प्रतिनिधिमण्डलका प्रमुखहरुले कोभिड- १९ को प्रभावलाई न्यूनीकरण एवं आर्थिक सामाजिक पुनरुत्थान गर्न एकआपसमा सहयोग हुनुपर्ने कुरामा जोड दिएका थिए ।