यातायात व्यवासायीले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गरिदिन सरकारसँग आग्रह गरेका छन् । लामो समय निषेधाज्ञा हुँदा सार्वजनिक यातायात क्षेत्र अति प्रभावित भएकाले स्वास्थ्य सुरक्षा अपनाएर सञ्चालनका लागि सहजीकरण गरिदिन आग्रह गरिएको हो ।
सुन्दर यातायातले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाएर सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने सुझाव पेस गरेको छ । सो अवसरमा सचिव श्रेष्ठले सीसीएमसीको बैठकमा मागपत्रसहित मन्त्रालयका तर्फबाट प्रस्ताव लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।