स्पेनिस ला-लिगा फुटबलमा रियल म्याड्रिडले लगातार छैटौँ खेलमा जित निकालेको छ । आईतबार राति भएको खेलमा रियलले एट्लेटिको म्याड्रिडलाई २-१ ले पराजित गर्दै लिगमा शतप्रतिशत नतिजा निकालेको हो । रियलले एट्लेटिकोविरुद्व पहिलो हाफमा गरेको दुई गोलनै निर्णायक बन्यो । खेलको १८ औँ मिनेटमा रोड्रिगोले रियललाई अग्रता दिलाएका थिए । उनले जारी सिजन ५ खेलमा ३ […]