काभ्रेमा फरार चार प्रतिवादी १० वर्षपछि पक्राउ

जालसाजी मुद्दाका चार फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाउने भएको छ । चारै प्रतिवादीलाई बनेपा नगरपालिका–५ बाट मङ्गलबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।जालसाजी मुद्दामा धुलिखेलस्थित जिल्ला अदालतबाट २०६८ फागुन १४ गते कैद तथा जरिवाना फैसला गरिएका धुलिखेल नगरपालिका–४ का ६९ वर्षीय बुद्धिलाल खड्गी, सोही वडाका ३८ वर्षीय प्रकाश खड्गी, ४२ वर्षीय विकास खड्ग

सम्बन्धित सामग्री

फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

संखुवासभा : कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धर्मदेवी  नगरपालिका–२,तामाफोक बस्ने २८ वर्षीय बद्दे भन्ने बुद्धिराज जिमीलाई प्रहरीले घटनाको १२ वर्षपछि पक्राउ गरेको हो।संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार फरार रहेका जिमीलाई विशेष सूचनाका आधारमा मुढे प्रहरी चौकीले तामाफोकबाट बिहीबार राति पक्राउ गरेको हो। पक्राउ परेका जिमीलाई शुक्रबार संखुवासभा जिल्ला अदालतमा उपस्थित गराइएको छ।

चितवनमा २३७ फरार प्रतिवादी पक्राउ

चितवनमा २३७ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनामा फरार रहेका ती प्रतिवादीलाई पक्राउ गरेको हो । प्रहरीले अदालतको विभिन्न मितिहरुको...

ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहटमा  ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी  कार्यालय रौतहटले ज्यान मुद्दाका फरार प्रतिवादी ३० वर्षीय बाबुजान मियाँ कवारी भन्ने महम्द मैरोदिनलाई पक्राउ गरेको हो ।बिहीबार पक्राउ परेका उनलाई अदालत समक्ष पेस गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाँकेमा २८१ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज– बाँकेमा प्रहरीले ठूलो सङ्ख्यामा फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न मितिमा विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरु चालू आर्थिक वर्ष २०७९/८० मा २८१ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालतबाट दोषी करार भएर कैद भुक्तानबाट बच्ने आशले उनीहरु फरार भए पनि दिनहुँजसो प्रहरीले जिल्लामा फरार प्रतिवादी पक्राउ गरेको छ ।  पक्राउ […]

फरार आठ प्रतिवादी पक्राउ

दमौली- विभिन्न मुद्दामा अदालतबाट सजाय पाएका आठ फरार प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ गर्ने अभियानअन्तर्गत प्रहरीले विभिन्न मुद्दामा सजाय पाएका आठ जनालाई दमौली बजारका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सार्वजनिक मुद्दाका तीन र कर्तव्य ज्यान मुद्दाका पाँच जना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पक्राउ […]

फरार प्रतिवादी र जुवाडेसहित १६ पक्राउ

कर्णाली, १२ साउन: जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ । तीन दिनअघि छ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले फेरि सोमबार पुनः छ प्रतिवादी पक्राउ गरेको गरेको छ । अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियानअन्तर्गत फरार प्रतिवादी शृङ्खलाबद्ध तवरले पक्राउ परिरहेका छन् । प्रहरीले यस अभियानलाई […]

हेरोइन मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा, २८ बैशाख । हेरोइन मुद्दाका फरार प्रतिवादी एकजना पक्राउ परेका छन् । लागूऔषध हेरोइन मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका–१० घर भएका २७ वर्षीय हर्क बहादुर तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत झापाको २०७५ असार २६ गतेको फैसलाले लागूऔषध हेरोईन मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय […]

छ फरार प्रतिवादी पक्राउ

तनहुँ प्रहरीले आइतबार छ फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न कसूरमा अदालतबाट दोषी ठहर भई फरार रहेकालाई प्रहरीले पक्राउ गरेको हो । बहुविवाह र अंश मुद्दाका  दुई/दुई जना, बेइज्जती मुद्दा र चोरी मुद्दाका एक÷एक जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । यी प्रतिवादीबाट सात दिन कैद र रु १५ हजार ३८६ भुक्तान गर्न बाँकी रहेकाले उनीहरूलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । तनहुँ प्रहरीमा प्रहरी उपरीक्षक अरुण पौडेल आएपछि उनको नजर फरा...