स्वास्थ्यमन्त्री खतिवडा र जापानका राजदूत युताकाबीच भेटवार्ता, नेपाल र जापान मिलेर कोभिड–१९ रोकथाममा भूमिका खेल्ने

काठमाडौँ, २३ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच शिष्टाचार भेटघाट भएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा उनीहरुबीच आज भेटवार्ता भएको थियो । उनीहरुबीच दुई देशबीच आपसी परस्परिक सहयोग र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेल्न सक्ने भूमिका बारेमा छलफल भएका थियो । मन्त्री खतिवडाले कोभिड–१९ विरुद्धको […]