वैदेशिक रोजगारीमा गएका कामदारलाई लक्षित गरी बोर्डले आजबाट सुरु गर्यो टेलिमेडिसिन सेवा

काठमाडौं, १५ चैत। वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। सार्वजनिक विदाका दिन बाहेक नेपाली कार्यालय समय बमोजिम सेवा प्रवाह गरिने बोर्डका प्रवक्ता राजन पौडेलले बताए। यस मार्फत वैदेशिक रोजगारीमा गएकाहरुलाई निशुल्क स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिनेछ। नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर,ह्वाटस एप वा इमो लगायतका सामाजिक सञ्जालमा फोन गरी सेवा लिन सक्नेछन्।