खोटाङ– स्थानीयले चन्दा संकलन गरेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित प्रहरी चौकीमा सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम गरेका छन् । प्रहरी चौकीको सेवा क्षेत्रभित्र पर्ने स्थानीयवासी तथा विभिन्न क्षेत्रका दाताबाट स्वेच्छिक रूपमा संकलन भएको १२ लाख ४४ हजार ४६६ रकमबाट व्यवस्थापन समितिमार्फत सिसी क्यामेरा जडान, प्रतीक्षालय तथा गोलघर निर्माण र कार्यालय व्यवस्थापनको काम […]