पूर्वमहानिरीक्षक खनाल पनि दल दर्ता गर्न आयोगमा पुगे

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले पनि नयाँ राजनीतिक पार्टी गठन गर्नुहुने भएकाे छ। दल दर्ताको निवेदन लिएर उहाँको समूह साेमबार निर्वाचन आयोगमा पुगेको हाे। खनालले ‘समुन्नत नेपाल पार्टी’ नाममा दल दर्ता गर्न लाग्नुभएकाे छ। यो पार्टीको अध्यक्ष खनाल आफैं रहनुहुने भएकाे हाे। आइतबारै यो दल दर्ताका लागि राजबाबु यादवका नाममा निवेदन परेको थियो। […]