पत्रकार खनिया मृत भेटिए

काठमाडौँ। पत्रकार दीपेन्द्र खनिया मृत भेटिएका छन् । काठमाडौँ महानगरपालिका १०‚ बानेश्वरनजिक थापागाउँमा बस्दै आएको घरमा खनिया आइतबार मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (प्रहरी उपरीक्षक) पवनकुमार भट्टराईले जानकारी दिए। घरको चौथो तलाको बरन्डाको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए। पत्रकार खनिया रेडियो अडियोका सञ्चालक हुन्। […]