मेसी समर्थकले किन तोडफोड गरे भारतको रंगशाला ?

कोलकाता – भारतको तीन दिने भ्रमणमा रहेका विश्व प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीले एक्कासि रङ्गशाला छाडेपछि आक्रोशित दर्शकले ‘ब्यारिकेड’ तोडेर मैदानमा आक्रमण गरेका छन्। अर्जेन्टिना र इन्टर मियामीका सुपरस्टार ३८ वर्षीय मेस्सी शनिबार बिहान पूर्वी राज्य पश्चिम बङ्गालमा पुगेका थिए। मेसीको जर्सी लगाएका र अर्जेन्टिनी झण्डा फहराउँदै राज्यको राजधानी कोलकातास्थित साल्टलेक रङ्गशालामा खचाखच भरिएका […]