एमएडब्लू वृद्धिले नेपालमा उपलब्ध दीपल एस०७ आइसीए इलेक्ट्रिक एसयूभीका लागि ‘बाइब्याक ग्यारेन्टी’ योजना सार्वजनिक गरेको छ। ग्राहकलाई दीर्घकालीन विश्वास दिलाउने र रिसेल मूल्यको अनिश्चितताबाट मुक्ति दिलाउने उद्देश्यले कम्पनीले नयाँ योजना ल्याएको हो। यसअन्तर्गत एसयूभी खरिद गर्ने ग्राहकले दोस्रो वर्षदेखि पाँच वर्षभित्र जुनसुकै समयमा गाडी बेच्न चाहेमा एमएडब्लू ग्रुपबाट पूर्वनिर्धारित पुनर्खरिद मूल्य पाउने व्यवस्था मिलाइएको छ। […]