नेपाली महिला फुटबल टोलीको बिदाई

काठमाडाैं। इन्डोनेसियामा हुने फिफा टायर पहिलो त्रिपक्षीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिदाई गरिएको छ। कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाई गरेका हुन्। मंसिर १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली टोलीले इन्डोनेसिया र चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्ने भएकाे छ। […]