एनपीएल : यस्तो बन्यो कर्णाली याक्सको नयाँ जर्सी

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली याक्स स्पोर्ट्स प्रालिले नयाँ जर्सी सार्वजनिक गरेको छ। मंसिरमा हुने एनपीएलका लागि कर्णाली याक्सले लगाउने जर्सी सार्वजनिक भएको र चाँडै समर्थकमाझ पुर्याउने योजना रहेको निर्देशक गृहेन्द्र घिमिरेले बताए। कर्णाली याक्सको जर्सीमा आकाशे र पहेँलो रङ समावेश छ। जसले कर्णाली प्रदेशको भौगोलिक र सांस्कृतिक महत्त्व पनि राख्ने […]