राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण प्रतिनिधिसभा विघटन भएको दाबी गरेका छन् । शनिबार विज्ञप्ति जारी गर्दै बर्तौलाले संविधानको परिपालक र संरक्षकको जिम्मेवारीमा रहेका राष्ट्रपतिबाट भएको संवैधानिक कमजोरी र असावधानीकै कारण प्रतिनिधिसभा विघटन भएको दाबी गरेका हुन्।  उनले सो कमजोरी सच्याउँदै राष्ट्रपतिले स्वयंले संसद् पुनर्स्थापना घोषणा गर्नुपर्ने उल्लेख गरेका छन् । […]