काठमाडौँ । माओवादीको तराई मधेश जागरण अभियान चैत २० देखि बाँकेबाट सुरु हुने भएको छ । सोमबार बसेको पदाधिकारी बैठकले बाँकेबाट सुरु गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । झापाबाट फागुन १२ बाट सुरु भएको अभियान चैत ८ मा स्थगित भएको थियो । बाँकेबाट सुरु गरी महेन्द्रनगरमा पुगेर कार्यक्रम सक्ने माओवादीको तयारी छ । […]