काठमाडौं। नियमित महाधिवेशन मंसिरमा गर्ने गरी कार्यतालिका ल्याउने विषयमा कुरा नमिल्दा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्न ढिलाइ भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन। अहिले कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी कार्यालयमै छलफल गरिरहेका छन्। महामन्त्रीद्वय मंसिरमा नियमित महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने अडानमा […]