खसीबाख्रा बेचेर धनी बनेको रमिते गाउँ

विराटनगर। मोरङको मिक्लाजुङ गाउँपालिका–१, रमितेस्थित उत्तरे डाँडाको सडक गत १ माघमा खसीबाख्राको हुलले पूरै ढाकेको थियो। त्यो हुलको पछाडि थिए, ४७ वर्षीय रुमन राई। घरभन्दा तीन किलोमिटर परको बतासे डाँडामा दिनभर खसीबाख्रा चराएर उनी फर्किरहेका थिए। ६ वर्षयता उनको यो दैनन्दिनको काम हो। “सुरुमा चार वटा माउ बाख्राबाट सुरु गरेको थिएँ,” रुमन सुनाउँछन्, “अहिले ४० […]