महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले चुरे मधेसको छाना भएको बताएका छन् । मधेसको जीवनको आधार हुँदा चुरेको संरक्षण बेगर मधेसको कल्पना गर्न नसकिने उनको भनाइ छ । मुख्यमन्त्री यादवले आज महोत्तरीको बर्दिबासमा सम्पन्न ‘चुरे तथा जैविक विविधता संरक्षण एवं उपयोगका लागि नीति निर्माण’ विषयक एक दिने कार्यशालालाई सम्बोधन गर्दै भने, ‘चुरेबिना मधेसको जीवन रहन्न, […]