सप्तरीको रुपनीस्थित ज्योति विकास बैंकको शाखामा गत मंसिर २४ गते घटेको घटनाले बैंकिङ वृत्तमा मात्र होइन, समग्र निजी क्षेत्रको सुरक्षा प्रणालीमै गम्भीर प्रश्न खडा गरेको छ । कर्जाको किस्ता नियमित गर्ने विषयमा छलफल गर्न बोलाइएका बैंकका कर्मचारीलाई ऋणी र उनका सहयोगीहरूले कार्यकक्ष भित्रै बन्धक बनाएर गरेको दुर्व्यवहारको भिडियो सार्वजनिक भएपछि धेरैले यसलाई ‘नसोचिएको दुर्घटना’का रूपमा […]