नेवार समुदायको परम्परागत र मौलिक चाड रूपमा मनाइने म्हपूजा आज विधिवत् रूपमा मनाइएको छ । नेपाल भाषामा ‘म्ह’ को अर्थ शरीर हुन्छ त्यसकारण पनि म्ह पूजा भन्नेले आफ्नो शरीरको पूजा भन्ने अर्थ लाग्दछ ।
त्यसैले आफ्नो शरीरलाई आफैँले पूजा गर्ने संस्कृति नै म्हपूजा हो र कसैले यसलाई आत्माको पूजा पनि भन्ने गर्दछन् ।...