मौसमविद् भन्छन्– मंगलबारसम्म मौसम घमाइलो, बुधबारदेखि पूर्वी नेपालमा वर्षाको सम्भावना

‘कमजोर पश्चिमी वायुले पश्चिम नेपालमा हिजो हल्का वर्षा गरायो। अब मंगलबारसम्म धेरै ठाउँमा मौसम घमाइलो नै हुनेछ। बुधबारदेखि आधा पूर्वी नेपालमा वर्षाको सम्भावना राम्रै देखिन्छ,’ उनले भनेका छन्।