काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाएको आरोपमा युवा संघका कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजंघा गाउँपालिका १ घर भई अहिले काठमाडौंको धुम्बाराही बस्ने सोनम थेबे छन्। थेबेलाई महाराजगन्ज क्षेत्रबाट सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले बताए। “उहाँलाई महाराजगन्ज क्षेत्रबाट पक्राउ गरी परिसरको हिरासतमा राखिएको छ,” भट्टराईले […]