काठमाडाैं । नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले जेन–जी आन्दोलनमा अपराधिक गतिविधिमा संलग्नहरुलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गर्नुभएकाे छ । शनिवार वुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जेनजी आन्दोलनमा घुसपैठ भई मुलुकमा गुण्डागर्दी गर्ने, निजी तथा सार्वजनि सम्पतीलाई धराशायी बनाउनेहरुलाई सरकारले अझै कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । […]