काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी पुसमा निर्धारण गरिएको १५ औं महाधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्ने बताएका छन्। महाराजगञ्जस्थित भाडाको निवासमा बिहीबार भेटघाटका लागि पुगेका नियमित महाधिवेशन पक्षधर युवा नेताहरूसँग उनले २६–२८ पुसमा तोकिएको महाधिवेशन सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्ने बताएका हुन्। सभापति देउवाले युवा नेताहरूलाई महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न युवाले […]