प्यासिफिक एशिया ट्राभल एसोसिएसन (PATA) नेपाल च्याप्टरले सार्वजनिक–निजी साझेदारीमार्फत नेपालको पर्यटन प्रवर्द्धन र विकासमा योगदान दिएको ५० वर्षको यात्रालाई उत्सवका साथ मनाउँदै स्वर्ण जयन्ती भव्य रूपमा सम्पन्न गरेको छ। सन् १९७५ मा स्थापना भएको पाटा नेपाल च्याप्टरको पाँच दशक लामो योगदानको स्मरणस्वरूप २९ डिसेम्बर २०२५ का दिन रोयल ट्युलिप, काठमाडौँमा विशेष समारोह आयोजना गरिएको थियो। […]