रसुवा। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने सन्दर्भमा यहाँ सर्वदलीय बैठक भएको छ। मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीको अध्यक्षतामा बुधबार सम्पन्न बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार, सञ्चारकर्मी, स्थानीय प्रशासक, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए। बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ पूर्ण रूपमा पालना गर्ने, निर्वाचनसम्बन्धी भेला तथा कार्यक्रम […]