भैरहवा– नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरको आयोजनामा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। भैरहवा भन्सार कार्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा भन्सार क्षेत्र र सीमाक्षेत्रमा ट्राफिक व्यवस्थापनका समस्या तथा समाधानमाथि विस्तृत छलफल गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भन्सार क्षेत्रमा अनावश्यक भिडभाड नियन्त्रण गर्न सरोकारवाला निकायहरूबीच सहकार्य आवश्यक […]