करेन्ट लागेर एक जनाको मृत्यु

किमाथांका – सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  मकालु–५ माङ्सिमाको सिमली खोला नजिक बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा स्थानीय अमरबहादुर राईको मृत्यु भएको हो । भारी बोकेर हिँड्दै गरेको अवस्थामा उनलाई करेन्ट लागेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।  राईको शव देखेपछि स्थानीयले […]