स्वास्थ्य क्षेत्रमा रहेका 'ब्याकडोर बागडोर' अर्थात् अदृश्य प्रभाव न्यूनीकरण गर्नेतिर लाग्नुहोस्। तीन तह बिचको समन्वय र सहकार्यका लागि मन्त्रालयमा विशेष युनिट बनाउनुहोस्। स्वास्थ्य तथ्याङ्क भण्डारण र अनुसन्धान-मुखी उपयोगिताका लागि एक छुट्टै नेशनल डेटा सेन्टर (राष्ट्रिय तथ्याङ्क केन्द्र) बनाई व्यवस्थित गर्नेतर्फ पाइला चाल्नुहोस्। अनि, नेपालको आफ्नै विशेष र मौलिक 'हेल्थ मोडल' (स्वास्थ्य प्रणाली) बनाउने गरी काम अघि बढाउन एक कार्यदल बनाउनुहोस्। हाम्रो स्वास्थ्य क्षेत्र सुधार्न हामी आफैँ सक्षम छौँ।