राज्य चुक्दा नपत्याउँदो खोलाले इलाममा बगाएका ३९ नागरिक

दसैँको टीकाको दिनसम्म झलमल्ल घाम देख्दा इलामको माईजोगमाई गाउँपालिका–६, प्याङका रविन सोङ्मी लिम्बूलाई लागेको थियो– अब बर्खा सकियो। टीकाको पर्सिपल्ट १८ असोजमा एकाएक ठूलो पानी पर्‍यो। सामान्यतया वर्षा भइरहने ठाउँ नै हो इलाम। त्यसैले रविनले सुरुमा त त्यसलाई सामान्य रूपमै लिए। तर, मध्यरातमा उनले खोला, खोल्सी ठूलै आवाजमा गडगडाएको सुने। “राति त धारामा पानी आएजसरी […]