उदयपुरमा देउसी खेल्ने समय राति ८ बजेसम्म मात्र

स्थानीय प्रशासनले यो तिहारमा राति ८ बजेसम्म मात्र देउसी भैलो खेल्न दिने भएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै राति ८ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने जानकारी गराएको हो ।