न्यूयोर्क सिटी मेयरको लागि डेमोक्रेटिक प्राइमरीमा जोहरान ममदानी औपचारिक रूपमा विजयी भएका छन्। राज्य सांसदसमेत रहेका प्रगतिशील उम्मेदवार ममदानी १२ प्रतिशतको अन्तरले विजयी भएका हुन्। मंगलबार सम्पन्न र्याङ्क्ड च्वाइस मतगणना पश्चात् उनलाई विजेता घोषित गरिएको हो। न्यूयोर्क सिटीको बोर्ड अफ इलेक्सन्सले र्याङ्क्ड च्वाइस मतपत्रको गणना सार्वजनिक गरेपछि मंगलबार दिउँसो ममदानीको पक्षमा नतिजा घोषणा गरिएको हो। […]