काठमाडौँ। ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर जिल्ला सदरमुकाम हेटौँडाको बुद्ध चोकबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथ सडकसँगै समुद्री सतहदेखि १०१७ मिटर उचाइको पहाडीको थुम्कोमा अवस्थित छ। आफ्नो छुट्टै इतिहास रहेको मकवानपुर गढी आधुनिक नेपालको स्थापना हुनुपूर्व सेन वंशीय शासनको ऐतिहासिक विरासतको जीवन्तको रूपमा रहेको छ। परम्परागत तर उन्नत वास्तुकलाको प्रतिरूप मकवानपुर […]